Section 119
छुट र सुविधा
(१) कृषि, घरेलु तथा साना उद्योग, सिँचाइ, जल विद्युत उत्पादन तथा नेपाल सरकारले तोकेको अन्य कुनै व्यवसायको निमित्त बैंक वा वित्तीय संस्थाले नेपाली नागरिक वा प्रचलित कानून बमोजिम संस्थापित संस्थालाई दिने बढीमा दश लाख रुपैयाँसम्मको चल अचल सम्पत्तिको धितोको लिखत रजिष्ट्रेशन गर्नु पर्ने छैन । (२) कर्जा र निक्षेपको भाका बैंक वा वित्तीय संस्थाले तोके बमोजिम हुनेछ । (३) बैंक वा वित्तीय संस्थासँग सम्बन्धित कुनै पनि किसिमको लिखतमा आय टिकट दस्तुर लाग्ने छैन ।